गौशला २६ को निर्णय : सन्दीपविरूद्ध मुद्दा नचलाउने


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरूद्ध गौशला २६ले बाँकी मुद्दा नचलाउने निर्णय गरेकी छिन् ।

बलात्कारको मुद्दामा पीडित भनिएकी गौशला २६ले क्रिकेटर लामिछानेविरूद्ध बाँकी मुद्दा अब अगाडि नबढाउन आग्रह गर्दै सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छिन् ।

गौशला २६ले सो मुद्दामा आफूले सुरूदेखि नै धेरै तनाव सहेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको भन्दै बाँकी मुद्दा प्रकिया अगाडि नबढाउन सरकारी वकिल कार्यालयमा बिहीबार निवेदन दिएकी हुन् ।

क्रिकेटर लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा प्रमाणीत गरेको थियोभने उच्च अदातल पाटनले भने सफाइ पाएको थियो ।

केही दिन अगाडि आएको उच्चको पूर्णपाठपछि सरकारी वकिल कार्यालयलाई पुनरावेदनका लागि सर्वोच्च अदालत जाने तयारीमा रहेको थियो ।

सो निवेदनपछि अध्ययन गरेर मात्र निर्णय गरिने सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया