श्रीमान् श्रीमती एउटै कोठामा मृत फेला


हेटौँडा – हेटौँडा उपमहानगरपालिका–५, भैरव रोडनजिक लटिनाथ चिसापानीमा श्रीमान् श्रीमती एउटै कोठामा मृत फेला परेका छन् । बुधबार दिउँसो ४ः४५ बजेको समयमा स्थानीय ६२ वर्षीय केशव भण्डारी र निजकी श्रीमती ५६ वर्षीय अम्बिका भण्डारी दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले घटनाको अनुसन्धानका क्रममा बिहीबार नै दुवै जनाको शव भरतपुर अस्पताल परीक्षणका लागि पठाइने जानकारी दिए । आफ्नै घरको कोठाभित्र श्रीमान् पङ्खा झुन्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाई झुन्डिएर र श्रीमतीको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको जस्तो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीमतीको हत्या गरी केशवले आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया