पूर्वराज्यमन्त्री राय हत्या प्रकरण छानविन गर्न सीआईबीको टोली परिचालन


काठमाडौं-  पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको घटनाको अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली घटनास्थल गएको छ ।

गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै हत्या अनुसन्धानमा सीआईबीको टोली परिचालन गरिएको बताए । ‘‘मृतक रामचन्द्र रायको घरमा राति जग्गाको कुरा गर्न आएका तीन जनाको (जो फरार छन् ) परिचय खुल्न बाँकी छ । घर नजिकै हत्यामा प्रयोग भएको हतियार भेटिएको छ । मधेस प्रदेशबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआइबीबाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्ति टोली काठमाडौंबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ ’’ उनले भने ।

मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या भएकाे हाे ।

 

प्रतिक्रिया