लोकसेवा पढाउने ‘चोर’ अधिकृतले निकाले उपसचिवमा नाम
खरदार हुँदा सहकर्मीको पैसा चोरेको पुष्टी भएका रामप्रसाद लोकसेवा पढाउने गुरू
काठमाडौं – कुरा देशमा संघीयता आउनु भन्दा केही समय अगाडिको हो ।२०७० जेठ मसान्त अर्थात ३१ गते । सुदूरपश्चिमको पनि विकट मानिएको बाजुरा । असार मसान्तको चपेटामा रहेका हामी गाउँ विकास समिति (गाविस)का सचिवहरू सो समयमा गाउँमा बैंक नहुँदा बैंकसँग कारोबार हुने सरकारी रकम भुक्तानीका लागि सदरमुकाम चैनपुर नै पुग्नुपर्ने अवस्था थियो ।
कुनैकुनै गाविसहरू त सदरमुकामदेखि धेरै टाढा रहँदा सदरमुकाम हिँडेर आवतजावत गर्न झण्डै २/३ दिन लाग्थ्यो ।
हामी गाविस सचिवहरूले त्यतिबेला सामाजिक सुरक्षा र बालबालिकाको रकम बैंकबाट आफैँ भुक्तानी गरेर आफ्नो गाविसमा गएर भर्पाइ गरेर हातले नै वितरण गर्नुपर्थ्यो । सोही कारण धेरै जसो गाविस सचिवहरू जेठको मध्यदेखि सदरमुकाम मार्तडीमै रहेका थिए। म बाजुराको साप्पाटा गाविस हेर्थे भने मसँग धेरै जसो भेट भइरहने सहकर्मी सचिव दिलबहादुर बुढा बाँधु गाविस, रामप्रसाद जोशी जग्गनाथ र वाई गाविस, सरोजकुमार झा रूगीन गाविस र गणेशराज जैशी विच्छिया गाविसमा सचिव रहेका थिए। हामीहरूको भेट पछिल्लो ४/५ दिनदेखि सधैं जसो भइरहेकै थियो।
हामीहरूले जेठ ३१ गते बिहानै सदरमुकाम मार्तडी छोडेर आ-आफ्नो गाविस छिर्ने निधोँ गर्यौँ । त्यसका लागि बैंकबाट हामीले निकाल्नुपर्ने गाविसको पैसा अघिल्लो दिन दिउँसो नै निकालेर आफ्नो डेरा तर्फ लाग्यौँ । भोलिपल्ट बिहानै हामी पाँचै जना सचिवहरू सँगै एउटै बाटो लाग्यौँ ।
दिउँसो हामीले त्यहीँ मार्तडी गाविस-१को धम्केनमा खाना खाएर फेरिसँगै बाटो लाग्यौँ । हामी केही समय हिँडेपछि पाण्डुसैन गाविस-७ काध भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ स्थानीय मानबहादुर रावतको होटल रहेछ। हामीहरू नास्ता खाँदै गर्दा बेस्सरी पानी पर्न थाल्यो । केही साथीहरूले त्यहीँ बास बस्ने भनिरहँदा केही साथीहरूले यहाँ नभएर कोल्टी बास बस्ने कुरा भयो र अन्तत: हामीबीच त्यहीँ होटलमा बास बस्ने निर्णय भयो । साँझ हामीले मासु र रक्सीसँगै खाना खायौँ । सुत्नका लागि एउटै कोठामा नहुने हुँदा रामप्रसाद जोशी र सरोजकुमार झा एउटै खाटमा सुत्दा दिलबहादुर बुढा सोही कोठाको अर्को काठमा सुते । त्यस्तै तल्लो कोठामा कमानसिंह कुँवर र गणेश जैशी सुते । सबैको पैसासहितको झोला भने माथिल्लो तलामा सुतेको साथीहरूको कोठामा एउटै ठाउँमा छोडेका थियौँ ।
रामप्रसादको नै बयान अनुसार नै प्रहरीले मार्तडी-१ काधमा रहेको जंगलको सल्लाको रूखमुनि अलिकति गहिरो फेद खन्दा भेट्टाउँछ हराएको भनिएको ६४ लाख ५६ हजार ४ सय रूपैयाँको पोको । सो मध्ये २० लाख ४० हजार रूपैयाँ भएको कमानसिंहको १ पोका, १८ लाख ३० हजार रूपैयाँ भएको दिलबहादुरको अर्को पोका र २५ लाख ८६ हजार ४ सय रूपैयाँ भएको उही रामप्रसादको पोको ।
दिनभरको पैदल यात्रा र राती रक्सीले गर्दा को साथी कति चाँडो सुते पत्तै पाइएन । अर्को पल्ट बिहान उठ्दा हामीसँगै सुतेको साथी रामप्रसाद जोशीलाई त्यहाँ देखेनौँ । यता-उता खोज्दापनि कहीँ भेट्टाएनौँ । गणेशराज जैशी र सरोजकुमार झाको पैसासहितको झोला त्यहीँ हुँदा रामप्रसादको झोला त्यहीँ थियो तर, झोलामा पैसा थिएन । कमानसिंह कुँवर र दिलबहादुर बुढाको पैसासहितको झोलासँगै रामप्रसाद पनि राति कुन बेला हराए पत्तै भएन । बिहान उठ्दा कमानसिंह र गणेशराज सुतेको कोठामा बाहिरबाट चुकुल लगाइएको थियो। सो बारेमा होटल साहुसँग बुझ्दा राति करिब ११ बजेतिर रामप्रसादले नै कमानसिंह र गणेशराज सुतेको तल्लो कोठामा बाहिरबाट चुकुल लगाएर रामप्रसाद आफू सुत्ने कोठामा गएको देखेका रहेछन् ।
एक्कासी झोलामा रहेको पैसा र रामप्रसाद हराउनु र कोठामा चुक्कुल लगाएको होटल साहुले देख्नुमा रामप्रसादमाथि नै शंका लाग्यो । र, रामप्रसादमाथि किटानी जाहेरीका लागि हामी चारै जना सचिवहरू त्यहाँबाट फेरि सदरमुकामका लागि हिड्यौँ । बाटोमा जाँदै गर्दा फेरि हराएका त्यहीँ रामप्रसाद भेटिए ।
रामप्रसादले सत्यसावित गर्न आफूलाई राति कुनै लुटेरा समूहले ज्यान मार्ने धम्की दिँदै पैसासहित आफूलाई पनि लगेको र आफू ज्यान बचाउन सकेको प्रतिक्रिया दिन्छन् तर सचिव कमानसिंह कुँवरलाई रामप्रसादमाथि कुनै दयाभाव लाग्दैन र उल्टै पैसा कहाँ हालिस् भनेर झप्काउँछन् । केही गर्दा पनि नमानेपछि सचिव कमानसिंह कुँवर जिल्ला प्रहरी कार्यालयमा रामप्रसादको नाममा किटानी जाहेरी दिन्छन् । किटानी जाहेरीपछि केही समयको सोधपुछसँगै रामप्रसाद बाहेक अरू सचिवहरूलाई फिर्ता पठाइन्छ भने रामप्रसादलाई जिप्रकामै राखेर थप अनुसन्धान हुन्छ। सो अनुसन्धानपछि रामप्रसादले पैसाको बारेमा प्रहरी कहाँ बेलिबिस्तर लगाउँछन्।
रामप्रसादको नै बयान अनुसार नै प्रहरीले मार्तडी-१ काधमा रहेको जंगलको सल्लाको रूखमुनि अलिकति गहिरो फेद खन्दा भेट्टाउँछ हराएको भनिएको ६४ लाख ५६ हजार ४ सय रूपैयाँको पोको । सो मध्ये २० लाख ४० हजार रूपैयाँ भएको कमानसिंहको १ पोका, १८ लाख ३० हजार रूपैयाँ भएको दिलबहादुरको अर्को पोका र २५ लाख ८६ हजार ४ सय रूपैयाँ भएको उही रामप्रसादको पोको ।
सोही अनुसार प्रहरीले रामप्रसादलाई नै प्रतिवादी बनाएर बाजुरा जिल्ला अदालतमा चोरी मुद्दा दायर गर्छ। सोही वर्षको फागुन २० गते अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको इजलासले फैसला गर्दै रामप्रसादलाई १ महिना कैद र ३८ लाख ७० हजार रूपैयाँ जरिवाना ठहर गर्छ ।
अदालतको उक्त फैसला रामप्रसादलाई चित्त बुझ्दैन र पुनरावलोकनका लागि पुनरावदेन अदालत दिपालयमा पुनरावदेन दिन्छन् । दिपायलका न्यायाधीशद्य रेवन्तबहादुर कुँवर र नरबहादुर शाहीको संयुक्त इजलासले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दिन्छ ।
दिपायलको पनि फैसला चित्त नबुझेपछि फेरि सर्वोच्च अदालतमा पुग्छन् । सर्वोच्चले पनि सोही फैसलालाई सदर गर्दै नयाँ मुलुकी अपराध संहिता २०७४ लागू भएको हुँदा जरिवाना रकम भने कम गरिदिन्छ। जिल्ला र पुनरावेदन अदालतले तोकेको ३८ लाख ७० हजार जरिवानालाई सर्वोच्चले भने ७० हजारमा झारिदिन्छ ।
तत्कालिन शिक्षक तथा गाउँमा ब्राह्मण रहेका केदारस्युँ गाउँपालिका-४ सैन्सु, बझाङ बस्ने गणेश जोशीका छोरा रामप्रसाद भने यतिबेला काठमाडौंमा छन् । सो चोरी मुद्दा खेपिरहेकै बेला निलम्बनमा परेका रामप्रसाद केही समयपछि कारागारबाट धरौटीमा रिहा भए । मुद्दा चलिरहेकै बेला अधिकृतमा नाम निस्किएर जोशी काठमाडौंतिर हानिए । मुद्दामा दोषी ठहर भएका रामप्रसाद यतिबेला अर्थ मन्त्रालयमा राजस्व अधिकृतसमेत रहेका छन् ।
अर्थ मन्त्रालयको वेबसाइटमा उनको नाम नदेखिए पनि प्रशासन कक्षमा गएर सुटुक्क हाजिर लगाएर फूल टाइम लोक सेवा नै पढाइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ। उनी आफ्नो जागिर जोगाइरहन वर्षमा केही दिन मात्र अर्थमा हाजिर लगाइरहने गरेको रामप्रसाद निकट स्रोतले जनाएको छ ।
दोषी ठहर भएका व्यक्तिले जागिर खान नपाउने भए पनि उनले कसरी जागिर खाइरहेका छन् कानुनविद्हरू पनि त्यसमा आफू अनविज्ञ रहेको बताउँछन् । नैतिकता पतन र अपराध जस्तो फौजदारी अभियोग लागेका व्यक्तिलाई सरकारी सेवामा राख्नु उचित नरहेको कानुनविद्हरूको धारणा छ।
रामप्रसाद त्यतिमात्रै नभएर हालै लेखाको उपसचिवमा समेत लिखित परीक्षामा नाम निकाले। तर, अन्तर्वार्तामा भने उनी सहभागी भएनन् । उनी मुद्दाकै कारण उपस्थित नभएको स्रोतले जनाएको छ ।
त्यसका अलवा जोशीले काठमाडौंका केही इन्सिच्युटहमा लोक सेवाका विद्यार्थीलाई पढाउँदै आइरहेका छन्। उनले काठमाडौंको चर्चित इन्सिच्युट नेमको सेडेपका साथै ओटिसमा लोकसेवाकै अनलाइन कक्षा चलाइरहेका छन्। यसका अथवा समय-समयमा उनी अन्य इन्सच्युटमा पनि पढाउन पुग्ने गरेका छन् ।
रामप्रसादले लोक सेवाका विद्यार्थीका लागि भन्दै थुप्रै पुस्तक पनि प्रकाशन गरेका छन् ।
(अदालतको फैसला र कागजपत्रसँगसम्बन्धित व्यक्तिले गरेको कुराकानीमा आधारित)