प्रधानमन्त्री ओलीलाई जसपा नेपालले विश्वासको मत दिने


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीलाई जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदैछन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ ।’

उनले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताए ।

वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरै रहेको छ ।

प्रतिक्रिया