प्रधानमन्त्री ओलीविरूद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।
योसँगै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले उक्त विवादमा सुनुवाइ गर्ने छ।