सदन चल्दाचल्दै प्रधानमन्त्री बाहिरीएपछि नेपालले गरे कटाक्ष
काठमाडौं – नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य माधवकुमार नेपालले सदन चल्दाचल्दै प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएकोमा कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत विपक्षमा बोल्दै उनले कटाक्ष गरेका हुन ।
उनले सदनबाटै ओलीलाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिए ।
विश्वासको मत माग्ने दिन पनि सदनबाट बाहिरीएपछि नेपालले सदनलाई कति महत्व दिएको हो भन्दै प्रश्न गरे ।
उनले ओलीसँगको विगतको विवादबारे समेत सदनमा चर्चा गरे ।
उनले विगतबारे समिक्षा गर्न ओलीलाई सुझाव दिए ।