हाजिर जमानीमा छुटेको मान्छे बाल्कोटमा गित गाँउदै गरेको पाइयो : लामिछाने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति तथा तथा प्रतिनिधी सभा सदस्य रवि लामिछानेले बासबारी जग्गा प्रकरणमा जोडिएका व्यक्ति बाल्कोटमा गित गाँउदै गरेको पाइएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मत विपक्षमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘ हाजिरी जमानीमा छुटेको मान्छे बाल्कोटमा गित गाँउदै गरेको पाइयो ।’
उनले सरकारमाथि आशंका गर्ने ठाउँ रहेको बताएका छन् ।
उनले विभिन्न काण्डमाथिको छानविनलाई निरन्तरता दिन माग गरे ।