महिला एसिया कप: टस जितेर फिल्डिङ् गर्दै नेपाल


काठमाडौं – महिला एसिया कप क्रिकेटमा आज युएईसँग खेलिरहेको नेपाली टोलीले टस जितेको छ।

नेपालले टस जितेर पहिला फिल्डिङ् गर्ने निर्णय लिएको छ।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल आज दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ।

एसिया कप क्रिकेट प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाको श्रीलङ्का डेभलपमेन्टसंग तीन खेलको अभ्यास खेल खेलेको थियो। जसमा नेपाल २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया