
कोटेश्वरको गेष्टहाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ
काठमाडौं – राजधानीको कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ बालिकाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।
गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।



कागजपत्र |
