चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट बिरामीले हाम फाले


चितवन- चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् । हाम फालेका नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको छ ।

मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । उनी साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

 

प्रतिक्रिया