

राष्ट्रपति भण्डारीसहित ३९ जनाको टोली भोली बंगलादेश जाँदै, के-के छन् कार्यक्रम ?

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३९ जना टोली भोली सोमबार बंगलादेश जाँदै छन् । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार दुईदिने राजकीय भ्रमणमा बंगलादेशको ढाका जान लागेकी हुन् ।
भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् । बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । सो कार्यक्रममा भण्डारी नेपाल(बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।
त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै संकुतिक कार्यक्रम लगाययत अन्य कार्यक्रममा पनि सहभागी हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।
निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले बताएको छ । भने मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौँ ल्याउनेछ ।
‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’, निगमका अधिकारीले भन्नुभयो ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउनेछ ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिए । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताईएको छ ।

