एमाले अध्यक्ष ओलीले झलनाथ खनाललाई स्पष्टिकरण किन सोधेनन्?


काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा आफूइतरका चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गराए।

माधव नेपाल र झलनाथ खनाल समूहका नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ। तर उक्त समूहका खनाललाई किन स्पष्टिकरण सोधिएन?

ओली पक्षका एक नेता भन्छन्,‘पार्टीको पूर्वअध्यक्ष र बरिष्ठ नेता भएकाले उहाँका गतिविधिलाई ध्यान त दिइएको छ तर नेपालसहितका अन्यले जस्तो उहाँले समूह बनाएरै समानान्तर भेला गर्नुभएको छैन, उपस्थिति मात्र जनाउनुभएको छ।’

ओलीले उक्त भेलामा गएका अन्य सदस्य र एमाले कार्यकर्तालाई बहकाउमा लगाउनका लागि नेपाल, रावल, भुसाल र पाण्डेको भूमिका प्रमुख रहेकाले पहिलो चरणमा स्पष्टिकरण सोध्ने निर्णय गराएका हुन्।

ओलीविरुद्ध कडा आलोचना गर्ने नेत्री रामकुमारी झाँक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरिएको छैन। ‘केन्द्रीय कमिटीका अन्य सदस्यलाई पनि सोधिएको छैन, प्रमुख भनिने र पदाधिकारीलाई मात्र सोध्ने निर्णय भएको हो। त्यसैले झाँक्रीलाई नसोधिएको हो।’

प्रतिक्रिया