
सीआईबीको नक्कली डीएसपी बनेर सरकारी कार्यालयको अनुगमन गर्ने युवक पक्राउ
काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘(सीआईबी)को डीएसपी हुँ’ भनी ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
उक्त आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले दैलेखको नारायण नगरपालिका–५ का ३० वर्षीय नैनसिंह विकलाई मंगलबार (हिजो) नियन्त्रणमा लिएको हो ।
विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले विकबाट ठगिएकाहरूलाई प्रहरीमा सम्पर्क गर्न आग्रह पनि गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
