समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी


काठमाडौं – समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ । बैठक अहिले एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो ।

समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक पहिलो पटक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रतिक्रिया