प्रधानमन्त्री ओलीसँग सांसदहरूको पहिलो प्रश्नोत्तर कार्यक्रम तय


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रश्नोत्तर कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो ।

नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आउँदो साउन ७ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिए ।

उनले उक्त कार्यक्रममा समूह ६ मा रहेका सांसदले प्रश्न सोध्न सक्ने जानकारी पनि दिए । यो सँगै सोमबारको प्रतिनिधिसभाको दोस्रो बैठक सम्पन्न भएको छ । अर्को बैठक साउन ६ गते बस्ने सभामुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया