

बालकोटबाट बालुवाटार सरे ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् ।
आज शपथ लिएर पदभार ग्रहण गरेसँगै निजी निवास बालकोटबाट ओली सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको उनको सचिवालयका सदस्य रामशरण बजगाईंले जानकारी दिए ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज बिहान राष्ट्रपतिबाट शपथ लिएका थिए ।

