३ सय दिनभित्र कीर्तिपुर मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने ओलीको पहिलो निर्णय


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधा सम्पन्न रङ्गशाला बनाउने घोषणा गरेको छ ।

आज पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जाल सार्वजनिक गरेका हुन् ।

‘पहिलो निर्णय कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको’, सञ्जालमा लेखिएको छ ।

प्रतिक्रिया