शेखर समूह छलफलमा, मन्त्रीको नाम टुंगो लगाउन सकस
काठमाडौं- कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीका विषयमा आफू निकटका नेतासँग छलफल गरेका छन् ।
आइतबार विशालनगरस्थित् सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीको टुंगो लगाउन छलफफ गरेका हुन् ।
बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरु जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारीलगायतको सहभागिता थियो ।
छलफलमा नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । नयाँ सत्ता समीकरण भएसँगै मन्त्रीहरू टुंगो लगाउन दौडधुप जारी रहेको छ ।