आरजुलाई मन्त्री बनाउन किन मन गरिरहेका छैनन् देउवा ? निवासमा सधैं चर्काचर्की

शेखरको प्रस्ताव : कि मलाई परराष्ट्र दिनुस् नभए आरजुलाई बनाऔं


काठमाडौं – नेपाली काग्रेस नेतृ आरजु राणा देउवा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने लगभग निश्चित छ ।

तर पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा पत्नी आरजुलाई मन्त्री बनाउन रुचाइरहेका छैनन् ।

आरजु भने लगातार मन्त्रीका लागि दबाब बढाइरहेकी छन् ।

पार्टीभित्रको सन्तुलन मिलाउन पनि देउवाले आरजुलाई मन्त्री नबन्न पटक–पटक भनेका छन् । तर उनी तयार छैनन् ।

गतसाता मात्रै कांग्रेस नेताहरु देउवा निवास पुग्दा देउवा दम्पत्तीबीच मन्त्रीको विषयमा चर्काचर्की भएको थियो ।

शनिबार (हिजो) पनि कांग्रेस महिला नेतृको टोली देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए ।

सो क्रममा उनीहरुले आरजुलाई मन्त्री बनाउनुपर्ने माग राखे । उनीहरुको कुरा सुनेपछि देउवाले आरजुलाई बोलाए ।

भेटमा सहभागि एक नेतृले भनिन्,‘सभापतिजीले हाम्रै अगाडी किन मन्त्री चाहियो । म पछि प्रधानमन्त्री बनिहाल्छु भन्दै कड्किनुभयो ।’

त्यसो त आरजुलाई परराष्ट्रमन्त्री बनाउन राष्ट्रिय अन्तराष्ट्रिय शक्तिसमेत सक्रिय रहेको बताइन्छ ।

केही दिनअघि कांग्रेस नेता शेखर कोइरालाले देउवासँगको भेटमा सके आफुलाई परराष्ट्रमन्त्री बनाउन सम्भव नभए आरजुलाई नै परराष्ट्रमन्त्री बनाउन दबाब दिएको स्रोतको दाबी छ ।

आरजु मन्त्री बन्ने भएपछि अमेरिकन र भारतीय लविका नेतासँगै कुटनीतिक क्षेत्रका व्यक्तिहरु खुशी भएको बताइन्छ ।

देउवानिकट एक नेताले भने,‘सभापतिजीको मन मन्त्री बनाउने नभएपनि उहाँ दबाब थेग्न नसक्ने अवस्थामा हुनुहुन्छ । जसरी पनि आरजु परराष्ट्रमन्त्री बन्नुहुन्छ ।’

आरजुमार्फत सत्तामा खेल्न सकिने अन्तराष्ट्रिय शक्तिकेन्द्रको बुझाइ भएकाले पनि परराष्ट्रमा उनी आउँदा सहज हुने शक्तिकेन्द्रको विश्वास छ ।

अमेरिकी पक्ष आरजु आउँदा एमसीसी परियोजना अगाडी बढाउन सहज हुने ठानेकोले पनि उनको पक्षमा सक्रिय भएको छ ।

प्रतिक्रिया