श्रीमतीको हत्यापछि नाबालक छोरा लिएर फरार भए श्रीमान्


काठमाडौं- रुकुम पूर्वका एक युवकले आफ्नी २५ वर्षीया पत्नीको हत्या गरेका छन्।

भूमे गाउँपालिका ६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले २५ वर्षीया श्रीमती अप्सरा ओलीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका इन्सपेक्टर हरि भट्टराईले जानकारी दिए  ।

उनका अनुसार बुवाआमासँग झगडा गरेका ती दम्पती सानो छोरासहित अलग्गै बसेका थिए । ओलीले शुक्रवार राति श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको थियाे ।

त्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन् । उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

प्रतिक्रिया