सिक्किममा तामाङको पार्टी एसकेएमको एकलौटी जित, ३२ मध्ये ३१ सिटमा विजयी


काठमाडौं-  सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो ।

३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१ सिट कब्जा गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य भएको छ । पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको सिक्किम डेमोक्रेटिक फन्ट (एसडीएफ) राज्यबाट बढारिएको छ ।

सिक्किम विधानसभामा एसकेएमको यो लगातार दोस्रो जित हो । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले रेनोक र सोरेङ-चाकुङ दुवै क्षेत्रबाट चुनाव जितेका छन् ।

प्रतिक्रिया