देउवा निवासमै गएर प्रकाशमानले राखे मन्त्री बन्ने प्रस्ताव


काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा जाने इच्छा व्यक्त गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई उनकै निवासमा गएर भेट गर्दै यस्तो प्रस्ताव राखेका हुन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले आरजु राणा देउवासँग पनि अलग्गै छलफल गरेका थिए ।

सिंहले १४ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन गरेको सहयोगको गुन तिर्न आग्रह गरेको बताइएको छ ।

काँग्रेसमा कृष्णप्रसाद सिटौला वा प्रकाशमानमध्ये एकजनाले काँग्रेसबाट सरकारको नेतृत्व गर्ने सम्भावना छ ।

एमाले–काँग्रेस नयाँ गठबन्धनमा मन्त्रीको बाँडफाँड भएको चर्चा बाहिरीएपनि दुवै पार्टी प्रमुख नेताहरुले मन्त्रालयको टुङ्गो नलागेको बताएका छन् ।

तर एमालेले प्रधानमन्त्रीबाहेक अर्थ र काँग्रेसले गृह पाउने सहमती भइसकेको नेताहरु बताउँछन् ।

तर देउवाले गृहमा सिंहलाई नभई रमेश लेखकलाई ल्याउन खोजेको बताइन्छ ।

यस्तोमा सिंहले अरु कुनै मन्त्रालय लिएर उपप्रधानमन्त्री बन्नसक्ने सम्भावना रहेको देउवानिकट स्रोत बताउँछ ।

प्रतिक्रिया