आफै फाराम भरेर परीक्षाको तयारी गराए, तर लेखापाल बनेपछि श्रीमतीले छाडेर गइन्


काठमाडाैं- लेखापालको परीक्षा पास गरेलगत्तै एक महिलाले श्रीमानलाई छाडेकी छिन् । यो  घटना भारतस्थित  यूपीको झाँसीकाे हाे । श्रीमानले आफू सिकर्मीको काम गर्ने भएकाले श्रीमतीले सम्बन्ध तोडेको बताएका छन् ।

बुधवार, झाँसीको कलेक्टोरेट अडिटोरियममा डीएम नवनियुक्त लेखापालहरूलाई नियुक्ति पत्र वितरण गर्दै थिए । त्यहिबेला नीरज विश्वकर्मा नामका युवक आफ्नी श्रीमती ऋचा सोनीलाई खोज्दै सभाघर बाहिर पुगेका थिए । उनैले  आफ्नो पीडा पोखेका हुन् । नीरजका अनुसार युवतीसँग उनले दुई वर्ष पहिले प्रेम विवाह गरेका थिए । तर, अहिले युवती लेखापाल भएर  श्रीमानसँग छुट्टिएकी छिन् । दुवैको भेट ५ वर्षअघि भएकाे थियाे । उनीहरुको मित्रता बिस्तारै मायामा परिणत भयो । यसपछि दुवैले २०२२ को फेब्रुअरीमा विवाह गरेका थिए । दुवैले एकअर्कालाई यति धेरै माया गर्थे कि विवाहपछि पनि एकअर्काविना बाँच्न नसक्ने बताउँथिए ।

आफू पेसाले सिकर्मीको काम गर्ने नीरजले बताएका छन् । यसका बाबजुद पनि उनले ऋचालाई लेखापालकाे परीक्षाको तयारी गराए र कोचिङ शुल्क तिरेका थिए । २०२२ मा लेखापालको भर्ना खुल्दा उनी आफैले श्रीमतीको फारम भरेका थिए । सन् २०२३ मा यसको परीक्षा भएको थियो र ऋचाले परीक्षा उत्तीर्ण गरिन् । परीक्षा उत्तीर्ण भएपछि खुसीको लहर आयो । सबै राम्रै चलिरहेको थियो ।

तर जनवरी २०२४ मा एक दिन ऋचाले आफू कलेज जाँदैछु भनी घर छोडेर गइन्। उनीलाइ खोज्दै  नीरज ससुराली पुगे तर ससुराले उनी नभएको भन्दै फिर्ता पठाए । त्यसपछि उनले प्रहरी चौकीमा श्रीमती हराएको उजुरी दिएका थिए । यसपछि प्रहरीले केही घण्टामै ऋचालाई फेला पारेको थियो । ऋचा प्रहरी चौकीमा रहेको जानकारी प्रहरीले नीरजलाई दिएपछि उनी दौडेर प्रहरी चौकी गएका थिए । त्यसपछि ऋचाले भनेको कुरा सुनेर नीरज अचम्ममा परे । ऋचाले आफू लेखापाल बनेको  तर श्रीमान् सिकर्मी भएकाल अब दुईबीच कुनै मिलाप नभएकाे बताइन् ।

नीरजले लेखापाल बनेपछि श्रीमतीले उनीसँग बोल्नै छोडेको बताए । बुधवार लेखपालको प्रमाणपत्र लिन ऋचा कलेक्टरको अडिटोरियममा पुगेको थाहा पाएपछि उनी पनि उनको खोजीमा अडिटोरियम पुगे । तर श्रीमती ऋचा त्यहाँबाट गइसकेकी थिइन् ।

प्रतिक्रिया