रास्वपा महामन्त्री डा.मुकुल ढकाल पदबाट बर्खास्त


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा रहेका महामन्त्री डा.मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।

अब उनी पार्टीको साधारण सदस्यमात्रै रहनेछन् ।

केन्द्रीय कार्यालयमा जारी पार्टीको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । यसअघि अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो ।

ढकाल पार्टी सभापति रवि लामिछानेको विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया