
विराटनगरमा ग्याङफाइट, एकको मृत्यु, २ घाइते
विराटनगर – विराटनगरमा भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
गए राति भएको ग्याङ फाइटमा परी घाइते मोरङको कटहरी करण कामतको मृत्यु भएको छ भने जमोटकीका विक्रम मण्डल र अमन राय घाइते भएको जनाइएको छ ।
घाइते अवस्थामा भेटिएका उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लैजाँदा लैजाँदै कामतको मृत्यु भएको हो । अन्य २ को उपचार भइरहेको छ ।
मृतक कमातकाे शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरकाे विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएकाे छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
