‘माता हुँ, बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिला पक्राउ


काठमाडौं- आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला सुर्खेतबाट पक्राउ परेकी छन् । कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा ‘माता हुँ र बाँझोपना हटाइदिन्छु’ भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो।

उजूरीको आधारमा हजरुन खातुनलाई कालिकोट प्रहरीले सुर्खेत प्रहरीको समन्वयमा वीरेन्द्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया