बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने


काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने भएका छन् ।

उनले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

आज बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

एमाले आज भोलीमै समर्थन फिर्ता लिने र मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया