तनहुँ पहिरोमा परेका ३ जनाकै शव भेटियो


तनहुँ – तनहुँमा पहिरोले पुरिएका तीन जनाको शव भेटिएको छ ।

शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा उनीहरू पनि परेका हुन् ।

मृत्यु हुनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी छन् ।

हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका हुन् ।

पहिरोमा ४ जना घाइते भएका छन् । सबैको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया