एमाले संसदीय दल बैठकः प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वास मत नदिने


काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत नदिने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले संसदीय दल बैठकले उक्त निर्णय गरेको हो ।

संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

एमालेले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेको छ ।

प्रधानमन्त्रीले राजीनामा नदिए विश्वास मतको विपक्षमा मतदान गर्ने एमालेले जनाएको छ ।

राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको छ।

प्रतिक्रिया