प्रतिनिधि सभाः प्रतिपक्षको सिटमा बस्यो एमाले


काठमाडौं – प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ ।

गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

यसअघि असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्तापक्षको सिटमा बसेको थियो ।

प्रतिक्रिया