डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु


डडेल्धुरा – डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्ला परशुराम नगरपालिका १२ बस्ने २० बार्षिय सन्तोस विक रहेका छन ।

नगरपालिकाको वडा नम्बर १२ जोगबुडा–पन्तुरा सडक खण्डको सिद्वनाथ मन्दिर नजीकै से। ७ प ८४२१ नम्वरको मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तिब्र गतीका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको सव पोष्टर्माटमका लागि जोगबुडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया