खुकुरी हानेर आमाको हत्या


तेह्रथुम– आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया