भ्रष्टाचार आरोपमा भेरी अस्पतालमा कार्यरत सिद्दिकीविरुद्ध मुद्दा दायर


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमा कार्यरत खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाँकेको भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत सिद्दिकी उपर सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहिबार (आज) आरोपपत्र दायर गरेको हो ।

सिद्दिकीले झुट्टा बिल भरपाई बनाई राजस्व रकम दाखिला नै नगरी आफैले राख्ने गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गर्दा उनले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थं बाह्र हजार लिई अस्पतालको राजश्व खातामा जम्मा नगरी बदनियत राखी अर्को व्यक्तिको सक्कलै बिलमा सेवाग्राहीको नाम सच्याई नक्कली बिल बनाएर सेवाग्राहीबाट रकम असुल गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

साथै सरकारी कागजात सच्याई नक्कली बिल बनाई दिई सेवाग्राहीबाट लिएको रकम भेरी अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उनलाई सजाय हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया