घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ – घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइ कृष्ण तामाङको निर्देशन बमोजिम घुसमाग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले बिचौलिया धुर्व बहादुर कडायतलाई सेवाग्राहीबाट नगदसहित पक्राउ गरेको थियो ।

आयोगले उनलाई दुई लाख रुपैयाँ र दुई लाखको चेकसहित पक्राउ परेका थिए । वडाध्यक्ष तामाङ र बिचौलिया कडायतविरुद्ध आव विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको हो ।

प्रतिक्रिया