

संसदमा सम्बोधन गरेर राजीनामा गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीले संसदमा आफ्नो कुरा राखेर राजीनामा दिने तयारी गरेका हुन् ।
सदनमै राजीनामा दिने कुरा आजमात्रै प्रधानमन्त्रीले रास्वपाका मन्त्रीहरुलाई समेत दिएका छन् ।
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म साथ दिन रास्वपाका मन्त्रीहरुलाई आग्रह गरेपछि उनीहरु राजीनामा नदिइ बालुवाटारबाट फर्किएका थिए ।
यद्यपी १ महिना पुरै कुर्ने वा एक साताभित्रै सम्बोधन गरेर राजीनामा घोषणा गर्नेबारे प्रधानमन्त्री निकटस्थहरुसँग परामर्शमा छन् ।
माओवादी केही नेताहरुले १ महिना नकुर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।
अल्पमतमा परिसकेको अवस्थामा सदनमा सम्बोधन गरेर राजीनामा दिन नेताहरुले सुझाएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ समिकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन बुधबार साँझ फिर्ता लिएको थियो ।
एमालेको समर्थन फिर्तासंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
एमाले–कांग्रेस सहमतीअनुसार पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।
दुई पार्टीले प्रदेशको भागवण्डा समेत टुङ्ग्याइसकेका छन् ।

