दीर्घरोगीहरूका लागि औषधि उपचार खर्चबापत ३५ करोड निकासा


काठमाडौं- अर्थ मन्त्रालयले दीर्घरोगीहरुका लागि औषधि उपचार खर्च बापत ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् ।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार रुपैयाँ पाउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले उपचार बापतको रकम माग गर्दै आएका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

अब सो रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुनेछ ।

प्रतिक्रिया