

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

काठमाडौं – नयाँ समिकरण बनेसँगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा गर्न आग्रह गरेको थियो ।
तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने बताएपछि एमाले समर्थन फिर्ता लिने तयारीमा छ ।
एमाले नेताहरुका अनुसार मन्त्रीलाई फिर्ता बोलाउने र सम्भवतः आजै समर्थन फिर्ता लिने तयारी छ ।
सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो ।
नयाँ सहमतीलाई दुवै पार्टीले अनुमोदन समेत गरिसकेका छन् ।

