अब एउटै व्यक्तिले एकभन्दा बढी सहकारीको सञ्चालक बन्न नपाउने


काठमाडौं- सहकारी विभागले एउटाभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कुनै व्यक्ति दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने विभागबाट बुधबार जारी निर्देशनमा उल्लेख छ ।

निर्देशनअनुसार सञ्चालक नरहेमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने पनि बताइएको छ । यस्तै सहकारी बैंकमा सञ्चालक हुने व्यक्तिलाई पनि अन्य सहकारी संस्थाको सञ्चालक हुन नपाइने व्यवस्था गर्न भनिएको छ ।

प्रतिक्रिया