रविको पार्टी होइन रास्वपा भनेपछि ढकाललाई प्रस्ताव राख्न प्रतिबन्ध


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा महामन्त्री डा. मुकुल ढकालले आफूलाई लिखित प्रस्ताव राख्न नदिएको बताएका छन् ।
उनले पार्टी बैठकमा आफुलाई प्रस्ताव राख्न नदिएको बताएका हुन् ।
महामन्त्री ढकाललाई केन्द्रीय समितिमा समीक्षा प्रतिवेदन प्रस्ताव पेस गर्न मंगलबारको सचिवालय बैठकबाट अनुमति दिइएको थियो । तर, बुधबारको केन्द्रीय समिति बैठकमा भने लिखित प्रस्ताव राख्न अनुमति दिइएन् ।
एक नेताका अनुसार महामन्त्री ढकालको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख छ । सोही विषयमा लिएर उनलाई प्रस्ताव राख्न नदिएको एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया