एमालेले किन बोलाएन प्रचण्ड सरकारमा रहेका मन्त्रीलाई फिर्ता ?


काठमाडौं– नयाँ सत्ता समिकरण बनिसक्दा समेत नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएको छैन् ।

मंगलबार (हिजो) एमालेले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी थियो । तर अन्तिम समयमा राजीनामाको तयारीमा रहेका मन्त्रीहरुको राजीनामा आएन् ।

एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएन् । बरु बुधबार (आज)सम्म राजीनामा दिन आग्रह गरेको छ ।

तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने संसदको सामाना गर्ने तयारी गरे । माओवादी पदाधिकारी बैठकले संसदको सामना गर्ने निर्णय गरेको छ ।

यस्तोमा सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिएसम्म प्रधानमन्त्रीलाई दबाब देखिदैन् ।

आज साँझसम्म एमालेले यसबारे थप केही निर्णय गर्नसक्ने सम्भावना भने छ । यसका लागि एमाले प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा वा संविधानअनुसार सिधैं ७६ (३) अनुसार सरकार बन्ने अवस्था के हुन्छ भन्नेमा कानुनी परामर्शमा छ ।

ठुलो दलको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने जोखिम पनि एमालेले देखेको छ । त्यसैले पनि एमालेले मंगलबारको सचिवालय बैठकमा समर्थन फिर्ताको निर्णय गरेन ।

कानुनविद्हरुले यसबारे आ–आफ्नै ब्याख्या अगाडी सारेका छन् ।

सरकारमा रहेका मन्त्री फिर्ता बोलाउँदा प्रधानमन्त्री प्रचण्डले केही महत्वपूर्ण निर्णय लिनसक्ने डर पनि एमालेमा देखिन्छ ।

नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमती भइसकेको छ ।

अहिले प्रचण्ड नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागि छन् ।

नेपाली कांग्रेसले एमालेसँगको सहमती अनुमोदन गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेस बैठकपछि एमाले–कांग्रेसले गठबन्धनको आगामी बाटो तय हुनेछ ।

प्रतिक्रिया