दाङमा बबई नदी तर्ने क्रममा सृजना बेपत्ता


दाङ – दाङकाे बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

आज बिहान ४ बजेतिर तुलसीपुर-१४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई नदीले बगाएको हो ।

उनलाई बुधबार बिहान ४ बजेतिर नदीले बगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया