सानेपाबाट सिंहदरबार फर्किए प्रधानमन्त्री प्रचण्ड


काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट सिंहदरबार फर्किएका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन प्रचण्ड सानेपा पुगेका थिए ।

प्रचण्ड राष्ट्रपति निवास शितलनिवासबाट फर्किएर सानेपा पुगेका थिए । सानेपाबाट सिंहदरबार आएर नियमित काममा रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

सत्ता समिकरणमा फेरबदल आएसँगै प्रधानमन्त्री प्रचण्डको सक्रियता बढ्दो छ ।

प्रतिक्रिया