ओलीले दोहोरो भूमिका खेले,डरलाग्दो षड्यन्त्र भयो : प्रचण्ड


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेका बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको समेत बताए ।

कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने बताएको एक पदाधिकारीले बताए ।

माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको प्रचण्डको टिप्पणी थियो ।

प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको बताएको बैठकमा सुनाए ।

प्रतिक्रिया