दक्षिण कोरियाको राजधानीमा भयानक दुर्घटना, कारले किचेर ९ जनाको मृत्यु


सोल-  दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ  ।  सोमबार राति ९ः३० बजेतिर मानिसहरूको भीडमा कारले ठक्कर दिएकाे थियाे ।

६८ वर्षी कारका चालकले सोल सिटी हलको चोकमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई ठक्कर दिएका थिए ।  यस घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ । चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

 

प्रतिक्रिया