माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा


काठमाडौं — सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको समाचार बाहिरिएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठकपछि राजीनामा दिने सम्भावना प्रबल रहेको पनि छ ।

प्रतिक्रिया