नेपालपछि प्रचण्ड भेट्न ओली पुगे बालुवाटार


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।

त्यसअघि आजै नेकपा एसका अध्यक्ष माधव नेपाल पनि प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए ।

 

प्रतिक्रिया