

बालुवाटार पुगे माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै ठूलो राजनीतिक दल नेकपा एमालेको समर्थन गुमाउन लागेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नका लागि नेपाल बालुवाटार पुगेका हुन् ।
उनी केही बेर अघि बालुवाटार पुगेको बालुवाटार स्रोतले जनाएको छ । अहिले नेपाल र प्रधानमन्त्री प्रचण्डबीच छलफल भइरहेको जनाइएको छ ।

