डा भगवान कोइराला र डा कमल अर्याललाई स्कटल्याण्डमा अवार्ड


लन्डन- विश्वको सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थान एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका छन् ।

डा. कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा. भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को फेलो अवार्ड प्राप्त गरेका हुन् ।

जुन २८ मा एडिनबर्गको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गमा आयोजित एक समारोहबीच उनीहरुलाई अवार्ड दिइएको थियो । एडिनबर्गको रोयल कलेज अफ सर्जन्स सन् १५०५ मा स्थापना भएको विश्वकै सबैभन्दा पुरानो सर्जन प्रशिक्षण संस्थान हो ।

 

प्रतिक्रिया