प्रधानमन्त्री प्रचण्डको बोलावटपछि बालुवाटार पुगे एमाले अध्यक्ष ओली


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको जनाइएको छ ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको भोलिपल्ट (आज) बिहान प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फोन गरी प्रत्यक्ष भेटवार्ताका लागि अनुरोध गरेसँगै ओली बालुवाटार पुगेको जनाइएको छ ।

प्रतिक्रिया